बीबीसी । इजरायली सेनाले इरानको राष्ट्रपतिको कार्यालयसहित नेतृत्व परिसरमा आक्रमण गरेको दाबी गरेको छ । टेलिग्राममार्फत जारी वक्तव्यमा इजरायली डिफेन्स फोर्सले (आईडीएफ) ले आफ्नो वायुसेनाले इरानी शासनको नेतृत्व परिसरलाई निशाना बनाएको जनाएको छ ।
आईडीएफका अनुसार राष्ट्रपतिको कार्यालय र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्माथि ‘धेरै संख्यामा हतियार’ प्रहार गरिएको छ । सैन्य तालिम संस्था र ‘शासनका अन्य महत्वपूर्ण पूर्वाधार’ मा समेत आक्रमण गरिएको दाबी गरिएको छ।
आईडीएफले उक्त परिसर इरानका पूर्व सर्वोच्च नेता खामेनिईले प्रयोग गर्ने गरेको उल्लेख गरेको छ । खामेनिई गत शनिबार अमेरिका–इजरायलको संयुक्त आक्रमणमा आफ्नै परिसरमा मारिएको थिए ।

प्रतिक्रिया