दुबई र आबुधाबीबाट आंशिकरुपमा हवाई उडान सुरु


बीबीसी । द्वन्द्वका कारण हवाई उडान रोकिएका दुबई र आबुधाबीका मुख्य विमानस्थलबाट केही विमानहरू उडेका छन् । इतिहाद एयरवेजका विमानहरू लन्डन, मस्को र पेरिसलगायतका गन्तव्यतर्फ उडेका छन् । मध्यपूर्वमा दशौँ हजार यात्रुहरू अलपत्र परेका छन्।

अहिलेको अवस्थालाई कोभिड महामारीपछि विश्वव्यापी हवाई यात्रामा भएको सबैभन्दा खराब अवरोधको रूपमा चित्रित गरिएको छ । केही दिनको अवरोधपछि एयरलाइन्स र ट्राभल कम्पनीहरूको शेयरको मूल्य तीव्र रूपमा घटेको छ।