इरानले आक्रमण तीव्र बनाएपछि अमेरिकाद्वारा १४ देशमा रहेका आफ्ना नागरिकलाई स्वदेश आग्रह


बीबीसी । अमेरिकाले १४ देशबाट आफ्ना नागरिकलाई स्वदेश फर्किन आह्वान गरेको छ । इरानले अमेरिकी लक्षित आक्रमण सुरु गरेपछि अमेरिकाले आफ्ना नागरिकलाई स्वदेश फर्किन आह्वान गरेको हो ।

अमेरिकाले बहराइन, इजिप्ट, इरान, इराक, इजरायल, जोर्डन, कुवेत, लेबनान, ओमान, कतार, साउदी अरब, सिरिया, यमन र यूएईबाट आफ्ना नागरिकलाई स्वदेश फर्किन आह्वान गरेको हो ।

गत शनिबार इरानमा इजरायल र अमेरिकी आक्रमणपछि इरानले अरब देशका अमेरिकी सैन्य शिविरमा जवाफी हमला गरिरहेको छ ।