दुर्गा प्रसाईँ फेरि पक्राउ


काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । आइतबार बिहान प्रहरीले प्रसाईँलाई निवासबाटै पक्राउ गरेको हो ।

सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि प्रहरीले उनलाई पक्राउ गरेको हो । निर्वाचन बहिष्कार गरेका उनले आजदेखि देशभरका उद्योग कलकारखाना बन्द गर्न र नगरे जेसुकै हुने भन्दै सामाजिक संजालमार्फत धम्की दिएका थिए ।

प्रसाईँ पटकपटक पक्राउ पर्दै रिहा हुँदै आएका छन् । चुनाव विथोल्ने गतिविधि गरेको भन्दै केही दिनअघि पक्राउ परेका प्रसाईँ सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए ।