बीबीसी । बोलिभियाको पश्चिमी सहर एल आल्टोमा बैंक नोट ढुवानी गरिरहेको वायुसेनाको कार्गो विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय समयअनुसार शुक्रबार साँझ ६ः२० बजे दुर्घटना भएको हो ।
विमान सान्ता क्रुज सहरबाट उडेर एल आल्टा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट चिप्लिएर नजिकैको राजमार्गमा पुगेको र सवारीसाधनमा ठोक्किएको बताइएको छ। दुर्घटनापछि विमानस्थल अस्थायी रूपमा बन्द गरिएको थियो ।
रक्षा मन्त्रालयले सैन्य विमान संलग्न रहेको पुष्टि गर्दै उक्त विमानले बैंक नोट बोकेको जनाएको छ। घटनाबारे अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया