काठमाडौं । साउन महिनाको दोस्रो सोमबार, भगवान शिवको पूजाआजा गरि हिन्दुधर्मालम्बीहरुले मनाएका छन् । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वासका साथ महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गरेका छन् । विशेषगरी महिलाहरु साउनको सोमबार भएपनि पशुपतिनाथको ढोका नखोल्दा भक्तजनहरुले बाहिरैबाट पूजाआजा गरेका छन् ।
साउनमा ५ वटा सोमबार परेकाले पनि व्रतको अझ महत्व हुने धार्मिक विश्वास गरिन्छ । साउन महिनामा ब्रत बसेर हरियो रंगको चुरा, कपडा र मेहेन्दी लगाए शिव खुशी हुने र मनोकांक्षा पुरा हुने बताइन्छ ।






प्रतिक्रिया