शेयर बजार ओरालो


काठमाडौँ । साताको चौथो दिन बुधबार पनि शेयर बजार नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से १.६४ अंकले घटेर २६८१.५० विन्दुमा बन्द भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । मंगलबार आठ अर्ब ६३ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार सात अर्ब ४९ करोड रूपैयाँ पुगेको छ । आज ३२६ वटा कम्पनीको एक करोड ६६ लाख ८२ हजार ६२६ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको छ ।