ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको दुई लाख ८६ हजार ६०० रुपैयाँ


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा १३ हजार ४०० रुपैयाँले घटेको छ ।

आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य तीन लाख रुपैयाँ थियो । त्यसैगरी, चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले घटेर पाँच हजार २०० रुपैयाँमा किनबेच हुँदैछ ।