संसद विघटनविरुद्धको मुद्दामा पेसी तोकिएको छैनः सर्वोच्च अदालत


काठमाडौँ । सर्वोच्च अदालतले संसद पुनःस्थापना माग गर्दै दायर भएका रिट निवेदनमा २० गते पेसी तोकिएको भन्ने हल्ला सही नभएको जनाएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले यही माघ २० गते पेसी तोकिएको भन्ने गलत प्रचार भएको र हालसम्म विघटनविरुद्धको मुद्दामा पेसी नतोकिएको बताए ।

‘संसद् विघटनविरुद्ध समेतको रिट निवेदन माघ २० गते पेसी तोकिएको भनी केही अनलाइनहरूमा समेतमा आएको समाचार सही नभएको जानकारी गराउँदछु’, प्रवक्ताले कोइरालाले भने, ‘२० गते साधारण तारेख रहेको छ ।’

अदालतमा संसद् पुनःस्थापना, सरकार गठन प्रक्रियालगायत विषयमा १७ थान रिट निवेदनमा परेका छन् ।