लोकतन्त्र जोखिममा छ : पूर्वगृहमन्त्री लेखक


महेन्द्रनगर । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकले लोकतन्त्र जोखिममा रहेको बताएका छन् ।

स्थानहद फुकुवापछि पहिलो पटक सोमबार गृह जिल्ला कञ्चनपुर आएका लेखकले लोकतन्त्र जोखिममा रहेको बताएका हुन् ।

‘अहिले देश अप्ठ्यारो अवस्थामा छ, संविधान लिकबाट बाहिर भएको छ, लोकतन्त्र जोखिममा छ ।’ लेखकले भने–’यस्तो बेलामा सबैसाथीहरु मिलेर कांग्रेसलाई जिताउनुपर्छ बलियो बनाउनुपर्छ ।’

उनले कांग्रेसका उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्ने बताए । देशको अवस्था सामान्य नभएकाले संविधान लिकमा ल्याउनका लागि कांग्रेसले जित्नुपर्ने उनको भनाई थियो ।

नेपाली कांग्रेसले लेखकको निर्वाचन लड्दै आएको क्षेत्र नम्बर ३ मा कञ्चनपुरका पूर्व पार्टी सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएको छ ।