आईसीसी टी–२० महिला विश्वकप छनोटको समूह चरणबाटै बाहिरियो नेपाल


काठमाडौँ । नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित हुँदै आईसीसी टी–२० महिला विश्वकप छनोटको समूह चरणबाटै बाहिरिएको छ । स्कटल्यान्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल १३.५ ओभरमा ६८ रनमा अलआउट भयो ।

समूह चरणमा तीन खेलमा जित र एक खेलमा हार भोगेसँगै नेपाल ग्लोबल छनोटबाटै बाहिरिएको हो । नेपालका लागि ओपनर बिन्दु रावलले सर्वाधिक १४ रन बनाइन्। रोमा थापा १४ रनमा अविजित रहिन्। रुबिना क्षेत्रीले १० रन थपिन्।

अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डस निर्धारित २० ओभरमा १ सय ४० रन बनाउँदा अलआउट भयो ।