काठमाडौँ महानगरद्वारा नदीको दाँयाबायाँ २० मिटर रोक्का रहेको जग्गा फुकुवा


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदीको नापी नक्साबाट कायम रहेको छेउबाट २० मिटर दायाँ–बायाँ छोड्नु नपर्ने गरि यसअघि गरेको रोक्का फुकुवा गरेको छ ।

महानगरले सर्वोच्च अदालतको आदेश अनुसार बुधबार सूचना प्रकाशित गर्दै कुनै पनि व्यक्तिको निजी जग्गामा भवन निर्माण गर्न अनुमतिमा रोक नलगाइने र निर्माण भइरहेको संरचनामा समेत रोक्का नराखिने जानकारी दिएको छ ।

यही माघ ४ गते सर्वोच्च अदालतको संयुक्त इजलासबाट यसअघिको फैसला उल्टिएको थियो ।