चीनको तेस्रो चरणको राहत सामग्री आइपुग्यो नेपाल


काठमाडौं । चीनले नेपालका बाढीपहिरो प्रभावितका लागि पठाएको आपतकालीन राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुगेको छ । बिहीबार चिनियाँ वायुसेनाको विमानमार्फत राहत सामग्री नेपाल ल्याइएको हो ।

चीनबाट आएको तेस्रो चरणको राहत सामग्रीमा शव राख्न प्रयोग हुने फ्रिजर, महामारी रोकथामसम्बन्धी सामग्री तथा दैनिक उपभोगका आवश्यक सामग्री समावेश छन् ।

नेपालका लागि चीनका राजदूत झाङ माओमिङले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई राहत सामग्री हस्तान्तरण गरेका थिए ।

राहत सामग्रीसँगै विपद्का पीडितको पहिचानमा सहयोग गर्न १० जना चिनियाँ फरेन्सिक विज्ञसमेत नेपाल आएका छन् । उनीहरूले नेपाली अधिकारीसँग समन्वय गरी शव तथा पीडितको पहिचान प्रक्रियामा प्राविधिक सहयोग गर्नेछन्।