नारायणघाट मुग्लिङ्ग सडकखण्ड मंगलबार मध्यान्हसम्म संचालनमा आउने


काठमाडौं । नारायणघाट मुग्लिङ्ग सडक मंगलबार मध्यान्हसम्म पुनः सुरु हुने भएको छ । नारायणघाट मुग्लिङ्ग सडक आयोजनाले मंगलबार मध्यान्हसम्म सडक संचालनको प्रयास भइरहेको जानकारी दिएको हो ।

यसले नाराणघाटदेखि पोखरा आवतजावत गर्ने सवारी सुचारु हुनेछ भने पृथ्वी राजमार्गको चितवन र धादिङ्गको सिमानामा रहेको मोवा खोला पुलको एप्रोच सडकमा क्षति भएको कारण काठमाडौँ तर्फ आवतजावत गर्ने सवारी साधनले भने अझै केही समय पर्खनु पर्ने आयोजनाले जनाएको छ ।