सुन तोलाको दुई लाख ६१ हजार


काठमाडौँ । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज दुवै धातुको मूल्य घटेको छ । 

आज छापावाल सुनको मूल्य प्रतितोला  दुई लाख ६१ हजार र त्यति नै चाँदीको मोल रू चार हजार ४७० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मङ्गलबार छापावाल सुन प्रतितोला  दुई लाख ६२ हजार १०० र त्यति नै चाँदीको मोल रु चार हजार ५९० मा कारोबार भएको थियो ।