भीषण वर्षापछि यस्तो आयो नारायणी नदीमा बाढी(भिडियोसहित)


चितवन । अबिरल बर्षाका कारण चितवनमा नारायणी नदीले जल सतहको तह पार गरेपछि वरपरका बासिन्दालाई सतर्क रहन अपील गरिएको छ । अविरल बर्षाका कारण नदीले सतर्कता तह पार गरेको नारायणी नदी देवघाट बाढी मापन केन्द्रले दिएको जानकारी दिएको छ ।

निरन्तर बर्षा भएकाले खतराको तह पुग्न सक्ने भएकाले चितवन र नवलपरासीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन केन्द्रले आमसर्वसाधारणलाई आग्रह गरेको छ ।

८ मिटर पानीको बहाव पुगेमा नारायणी नदीलाई खतराको स्तर मान्ने गरिन्छ । नारायणी नदीको बाढीबाट हुनसक्ने क्षति न्युनिकरण गर्न उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राख्ने काम भएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले जानकारी दिएका छन् । सम्भावित क्षेत्रमा रहेका रेडक्रसलाई विपत्का समयमा उद्धार र राहतका लागि तयारी रहन आग्रह गरिएको जिल्ला विपद् व्यवस्थापन समिति चितवनले जनाएको छ ।

यो बर्ष कै सबै भन्दा ठूलो बाढी।।।

Posted by श्रीगण्डकीनारायणी संरक्षणमहाआरती परिषद on Monday, July 20, 2020