प्रधानमन्त्रीविरुद्ध लाग्ने नेताहरु देखेर दया लाग्छः राधिका शाक्य


काठमाडौं । प्रधानमन्त्री पत्नी राधिका शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीकाविरुद्धमा लाग्ने नेताहरु देखेर आफूलाई दया लागेको बताएकी छन् । साहित्यकार झमककुमारी घिमिरेको जन्मोत्सव कार्यक्रममा शाक्यले यस्तो बताएकी हुन् । उनले आफूहरुलाई अहिले कुनै चिन्ता नरहेको तर प्रधानमन्त्रीविरुद्ध लाग्ने नेताहरुलाई बढी चिन्ता रहेको र आफूलाई उनीहरुलाई देखेर दया लागेको बताएकी हुन् ।

उनले भनिन्,‘अहिलेको जुन परिस्थित छ कतिपय साथीहरु भन्छन् तपाईँहरु तनावमा हुनुहुन्छ, फोन गर्न पनि डर लाग्छ भनेर । तर म भन्छु हामीलाई कुनै तनाव छैन । आक्रमणकारी नेताहरु हुनुहुन्छ नि उहाँहरु कहिले कहाँ मिटिङ भनेर कुदिरहनु भएको छ । जनतालाई राम्रो हुने भए त त्यो राम्रो हुन्छ । तर त्यो जनतालाई राम्रोका लागि होइन । हामीहरुको लागि चिन्ता भनेको आजको भन्दा पनि भोलिको पुस्ताका लागि चिन्ता हो ।’

देशको प्रथम महिला,सधैं अबिबादित र मर्यादित रहने तर आज पहिलो पटक अभिव्यक्ति दिँदा प्रचण्ड लाई खुत्रुक्कै हुने गरी कडा प्रहार,।

Posted by Deb D C page. on Friday, July 17, 2020