ओलीको प्रश्नः चुनावको मिति त तोकिएको छ, तर खै तयारी ?(पूर्णपाठ)


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिभा पुनःस्थापनाको विकल्प नभएको बताएका छन् । शनिबार भक्तपुरको सल्लाघारीमा पार्टीको ११ औँ महाधिवेशनलाई सम्बोधन गर्दै प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नभएको बताएका हुन् ।

उनले आफूहरुले प्रतिनिधिसभा पुनःस्थापना गराई छाड्ने दाबीसमेत गरेछ । उनले संसद पुनःस्थापना, वैधानिक सरकार र त्यसपछि निर्वाचन गराउने बताए । उनले भने, ‘प्रतिनिधि सभाको विघटन हामीलाई मान्य छैन । अनधिकृत व्यक्तिबाट प्रतिनिधि सभा विघटनको सिफारिस गरियो। प्रतिनिधिसभा विघटन असंवैधानिक हो । प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्छ।’

उनले आफ्नो पार्टी चुनावबाट नभाग्ने तर सरकारले चुनावी वातावरण नबनाएको बताए । उनले प्रश्न गरे, ‘चुनावको मिति तोकिएको छ, के छ तयारी ? कतै भएको छ ? देखिँदैन त ।’ उनले सरकारले अहिले संवाद नभइ निषेध, घृणा, मिडिया ट्रायल र विभिन्न प्रकारका हल्ला, प्रतिस्पर्धा नभइ धम्की, बहस नभइ मुद्दा, नेता को राहदानी रद्द र स्थानहद, निषेधाज्ञा गरिरहेको आरोप लगाए ।