साउन सात गतेसम्म भारी वर्षाको सम्भावना


काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मनसुन साउन सात गतेसम्म सक्रिय रहने भएकाले सतर्क रहन आग्रह गरेको छ । साउन चार गते बेलुकादेखि साउन सात गतेसम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभागको नजिक आउने भएकाले केही स्थानमा भारी वर्षा हुने विभागले अनुमान गरेको छ ।