प्रधानमन्त्री ओलीको अभिव्यक्तिको विरोधमा भारतमा पुत्ला दहन र विरोध प्रदर्शन


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि आयोध्य नेपालको हो भन्ने अभिव्यक्तिको विरोधमा भारतमा ओलीविरुद्ध प्रदर्शन भएको छ । कम्प्यूटर बाबाको अगुवाईमा प्रधानमन्त्री ओलीविरुद्ध प्रदर्शन भएको हो ।

साथै उनीहरुले प्रधानमन्त्रीको ओलीको पुत्लासमेत जलाएका छन् । उनीहरुले ओलीलाई माफी माग्न चेतावनीसमेत दिएका छन् । माफी नमागे नेपालका प्रधानमन्त्रीकाविरुद्ध कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।