काठमाडौं । अदालतको अवहेलना मुद्दामा नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेले सफाइ पाएका छन् । सोमबार सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासले घिमिरेलाई सफाइ दिएको हो ।
सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले घिमिरेविरुद्ध अवहेलना मुद्दा दर्ता गरेका थिए । घिमिरेले असोज ११ मा नेपाल बारले न्यायपरिषद् नियमावलीमा संवैधानिक प्रश्न उठाउँदै तत्कालीन प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको विषयमा टिप्पणी गरेका थिए ।

प्रतिक्रिया