ओलीप्रति शिक्षामन्त्रीको व्यंग्यः दुई जना बस्ने कुटीका लागि इन्जिनियरले यत्रो ठूलो दरवारको नक्सा बनाइदिने ?


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेकपा एमालेका अध्यक्ष केपी शर्माको निवासको डिजाइनप्रति कटाक्ष गरेका छन् ।

आइतबार सामाजिक संजालमार्फत मन्त्री पुनले कुटी नाम दिएर बिलासी भवन निर्माण गर्न लागिएको भन्दै कटाक्ष गरेका छन् ।

उनले भनेका छन्, ‘यो नक्सा डिजाइन गर्ने इञ्जिनियरलाई सख्त कार्बाही गर्नुपर्छ । अनी घोर बेइज्जती तथा मानहानीको मुद्दा लगाउनु पर्छ भन्ने मेरो माग छ। हाकिमले २ जना बस्ने कुटीको नक्सा बनाएर ल्याउ भने पछि यत्रो ठूलो दरवारको नक्सा बनाई दिनु हुन्छ त उसले ? कहाँसम्मको लापर्बाही हो यो ? एकछिन रमाईलो ।’

भक्तपुरको बालकोटस्थित ओली निवास जेनजी आन्दोलनमा आगजनीबाट ध्वस्त भएपछि अहिले उनी गुण्डुमा डेरामा बस्दै आएका छन् । गुण्डुमा मंसिर ८ गते ओली कुटीको सिलान्यास भइसकेको छ ।