फुटबल टोलीका पूर्वखेलाडीहरू सम्मानित


राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडीहरू सम्मानित भएका छन् । बुधबार फुटबलर्स मिसन टुगेदर (एफएमटी)ले राष्ट्रिय टोलीबाट खेलेका २८ पुरुष र २० महिला खेलाडीलाई सम्मान गरेको हो ।

सन् १९८३ पछिका पुरुष खेलाडी र सन् २०१० सम्मका महिला खेलाडीलाई सम्मान गरेको हो । एफएमटीले आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सवको अवसरमा फुटबलमार्फत् राष्ट्रलाई योगदान गरेका खेलाडीलाई सम्मान गरेको हो ।

सम्मानित हुने खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा र नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठले सम्मान पत्र प्रदान गरेका थिए । सम्मान कार्यक्रममा राखेपका पूर्व सदस्यसचिव स्वर्गीय राजबहादुर सिंह र शम्भु बास्तोलालाई श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।