नेकपा संयुक्तले आगामी माघ ३ र ४ गते विशेष राष्ट्रिय सम्मेलन गर्ने


काठमाडौँ । नेकपा संयुक्तको कार्यवाहक अध्यक्षमा घनश्याम भूसाल चयन भएका छन् । अध्यक्ष चन्द्रदेव जोशीले विशेष महाधिवेशन आयोजक समिति बैठकमा भूसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा जोशीले पार्टीको जिम्मेवारी भूसाललाई सुम्पेको बताए । कार्यवाहक अध्यक्ष भूसालले जेनजी आन्दोलनका बाबजुद पनि नेताहरूले सबक नसिकेको बताए । अध्यक्ष जोशीले पनि कम्युनिस्ट आन्दोलन दलदलमा फसेको बताए।

बैठकले आगामी माघ ३ र ४ गते विशेष राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । सम्मेलनले पार्टीको अन्य दस्तावेज र विधानहरू ल्याउने पनि भुसालको भनाइ छ ।

त्यस्तै बैठकले घनेन्द्र बस्नेत, कृष्णप्रसाद भण्डारी, खेमबन्धु कोइरालालाई वरिष्ठ नेतामा मनोनयन गरेको छ । बैठकले चार जनाको दस्ताबेज मस्यौदा कमिटी गठन गरेको पार्टीले जनाएको छ । मस्यौदा कमिटीमा घनश्याम भुसाल, केदार शर्मा, विजय पौड्याल र डम्बर बुढाथोकी रहेका छन् ।