-ऋषि कट्टेल ।
संसदवादी दलहरुमा व्यापकरुपमा ध्रुवीकरण भइरहेको छ । कांग्रेसमा भइरहेको किचलोको मुख्यकारण यही हो । अहिले नेपालमा दुई शक्तिकेन्द्रको बीच निकै प्रतिस्पर्धा चलिरहेछ । इण्डो अमेरिकी खेमाका संसदवादीहरु आआफ्नो पक्ष मजवुत बनाउन लागेका छन् । सबैभन्दा संकटमा कांग्रेस छ । भारतीयहरुको सबैभन्दा भरपर्दो शक्ति काग्रेस भित्र अहिलेसम्म आइपुग्दा अमेरिकी पकड बलियो बनिरहेको देखिन्छ । सुशील, शेरबहादुरको उदयपछि कांग्रेससँग भारत क्रमशः टाँढिदै गयो । तराइमा मुख्य आधार भएको कांग्रेसलाई फुटाएर प्रो इण्डियन शक्ति बनाउन गरेको प्रयत्न पनि विफल भयो । अहिले कांग्रेस निर्णायक ठाउँमा पुगेको छ । गगनहरुको अभियानलाई देउवाले समेत साथदिएपछि सिटौला निधिहरु कमजोर भएका छन् । यसको मतलव कांग्रेस भित्र प्रो वेष्ट शक्ति बलियो बन्दैछ ।
अर्कोतर्फ ओलीसँगको अन्तरविरोध बढेपछि माधवलाई फुटाउँदा पनि ओलीपक्षको प्रभाव कम भएन । अहिले सत्ताबाट मिल्काउँदा समेत ओली पक्ष अर्थात् मोदी विरोधी पक्ष अझै सशक्त देखिएपछि दाहाल पक्षलाई ओलीको काउन्टर पार्टको रुपमा विकास गर्न खोजेको देखिन्छ । यसैपनि दाहाल भरपर्दो पात्र हैनन् त्यसैमा पनि उनबाट भारतीय पक्षधरताको बिँडो थेग्ने हैसियत देखिँदैन ।
जेनजी आन्दोलनको मुख्य प्रायोजक अमेरिका हो । यसमा किन्तु परन्तुको कुरै छैन । जति नयाँ शक्तिहरु विकास भइरहेका छन् ती सबै उसकै एनजीओका उत्पादन हुन् । कुनै न कुनै रुपमा यिनीहरु र रास्वपा समेतको सहकार्य बन्ने र नयाँको हावा चलेको बेला आन्दोलनकारीको रुपमा उनीहरुले संसदमा बबलयो स्थान वनाउने संभावना बढी छ । यसरी अब नेपालमा भारतीयहरुको परम्परागत पकड कमजोर हुने शक्ति सन्तुलन सहित इण्डो अमेरिकी ध्रुवमा संसदवादी दलहरु ध्रवीकृत हुने अवस्था सिर्जना भएको छ ।

प्रतिक्रिया