-डा. गोविन्द एस उपाध्याय ।
छिमिकी राष्ट्र भारतको विहारमा भारतीय जनता पार्टीको गठबन्धनले जितेसंगै भारतीय र नेपाली लिब्रेँडोहरूको सुख सकिएको छ । सकिएको छ भन्नुको अर्थ हो केही दिन अगाडी अमेरिकाको न्युयोर्कको मेयर पदमा एकजना मुस्लिम जोह्रम ममदानीको विजयले आएको थियो । विहारमा हिन्दूवादीको विजयले लिब्रेँडोहरू दुःखी भएका छन् ।
लिब्रेँडो शब्दको उत्पत्ति कसरी र कसले गर्यो थाहा छैन तर आफूलाई कुनै धर्म, पन्थ, सम्प्रदायको पहिचानसँग नजोड्ने र धर्मनिरपेक्षताको वकालत गर्ने स्वयम्भू बुद्धिजीवीहरूलाई भारतीय (दक्षिण पन्थी मानिने भारतीय मिडिया र विद्वान्हरूले दिएको विशेष पहिचान) लिब्रेँडो भनेर सम्बोधन गर्छन् । मोदी गठबन्धनको विजयसँगै नेपाली र भारतीय लिब्रेँडोहरूको अनुहार मलिन भएको छ र निधार बैचारिक चिन्तनले खुम्चिन थालेको छ ।
लिब्रेँडोहरूको विषयमा एउटा बडो रमाइलो तत्थ्य बुझ्नुपर्छ । पहिलो तत्थ्य धेरैजसो लिब्रेँडोहरू हिन्दुसमुदायजा सदस्य हुन्छन् । आफूलाई हिन्दू भन्छन् तर समाजमा देखिएका र बुझिएका धेरैजसो विकृतिहरूको लागि ‘हिन्दूइज्म’लाई दोष दिन्छन् । उनीहरूका लागि हिन्दुइज्मका हरेक व्यवहारहरू भेदभावपूर्ण, पूर्वाग्रहयुक्त समाजका लागि अनुपयोगी हुन्छन् ।
दोश्रो तत्थ्यः धेरैजसो लिब्रेँडोहरू आफूलाई समाजवादी, उदारतावादी, धर्मनिरपेक्षतावादी र स्वतन्त्र विचारक मान्छन् । यहाँ स्वतन्त्रताको अर्थ हिन्दुइज्मको आलोचना गर्दा कुनै पनि हिन्दुले प्रतिक्रिया दिनुहुँदैन भन्ने सत्यसंग सरोकार राख्छ । लिब्रेँडो, मुस्लिम तथा इसाईले आलोचना गर्दा कुनै हिन्दुवादीले प्रतिक्रिया दियो भने ‘स्वतन्त्रता, धर्मनिरपेक्षता तथा समाजवाद’को अस्तित्व सङ्कटमा पर्छ ।
तेस्रो लिब्रेँडो दर्शन हो– इसाई र मुस्लिमहरू तथा आफ्नो लिब्रेँडो–दर्शनलाई स्वीकार गर्ने आदिवादी, जनजाति तथा विदेशीहरूको बचाऊ गर्ने । उदाहरणका लागि भारतमा तेहाको जनसंख्याको १८% मुस्लिम छन् र नेपालमा करीव ५% । भारतभरी फैलिएको र विश्वको दोश्रो सबैभन्दा ठूलो समुदाय ‘अल्पसंख्यक“ किन र कसरी हुन्छ ? लिब्रेँडोले चर्चा गर्दैनन् । वरू हिन्दूहरूको विरोध गर्ने कट्टरपन्थी मुस्लिम, इसाई वा व्यक्तिलाई लिब्रेँडो ग्याङको सदस्यता दिएर ‘धर्मनिरपेक्षता’ का पक्षमा भाषण गर्न लगाउँछन् । अल्पसंख्यकका नाममा ‘भिक्टिम–कार्ड’ खेल्छन् ।
लिब्रेँडोहरूको चौथो सत्य के हो भने उनीहरूले सधैं राष्ट्र, समाज र परिवारका अल्प–संख्यक समुदायलाई बहुसमुदायका विरुद्ध विद्रोह गर्न सिकाउँछन् । उदाहरणका लागि यी लिब्रेँडोहरूले सधैं नेपाल र भारतका बहुसंख्यक हिन्दु जनसंख्या विरुद्ध मुस्लिम, इसाई, सिख, किराती र स–ससाना जातजातिहरूलाई उचालेर मनगढ़ंते इतिहास रच्दै ‘स्वतन्त्रता प्राप्त गर्न’ उचाल्छन् । अचम्मको कुरा त के भने साम्यवादमा विश्वास गर्ने कम्युनिस्टहरूले समेत ‘लिब्रेँडो’सँग हात मिलाएर अस्थिरतामा मलजल गर्छन् ।
पाँचौं तथ्य लिब्रेँडोको विषयमा अझै रोचक छः यी लिब्रेँडोहरू अंग्रेजी बोलेर कहिले अंग्रेजीको विरोध गर्छन् त कहिले अंग्रेजीपनको पक्षमा जवर्जस्ती उभिन्छन् । कहिले बडो धार्मिक भएर आफुलाई प्रस्तुत गर्छन् भने कहिले पहिचानवादी बनेर कोकोहलो मचाउने गर्छन् । यदि हिन्दुके वैदिक सनातन धर्मको रक्षा गर्न, यसको मौलिकतालाई निरन्तरता दिन, धर्मपरिवर्तनजस्ता बिकृतिहरूको अन्त्य गर्न आवाज उठाउँछ भने लिब्रेँडोहरूलाई सबैभन्दा बढी पीर पर्छ । तर यदि मुस्लिमहरूले मदरसामा ‘काफिरलाई जहाँ भेट त्यहाँ मार’ भन्ने शिक्षा दिन्छन् भने ‘लिब्रेँडो’ उनीहरूको धार्मिक पहिचानको रक्षा भन्दै ‘सुरक्षा’मा उभिन्छन् ।
लिब्रेँडोहरूले चर्च र चर्चभित्रका विकृतिहरूलाई ‘पहिचान र धार्मिकस्वतान्त्त्रता’ भन्दै रक्षात्मक हुन्छन् । यदि पाठ्यक्रममा मुसाईसँग सम्बन्धित विषयवस्तु छ भने लिब्रेँडोहरूले स्वागत गर्छन् । त्यही यदि हिन्दुइज्म सम्बन्धि कुनै विषयवस्तु छ भने ‘धर्मनिरपेक्षता’खतरामा पर्यो भन्दै सयुक्त राष्ट्रसम्म पुग्ने धम्की दिन्छन् । लिब्रेँडोहरू ‘सकलक सकलक’ विरुद्ध एकशब्द बोल्दैनन् तर झाँक्रीको काममा अन्धविश्वास देख्छन् । हिन्दू विरुद्ध जैन, बौद्ध, किराँती, डलरवादीहरूलाई उचाल्नु र ‘समाजवाद, धर्मनिरपेक्षता, स्वतन्त्रता’को रक्षाका लागि त्यसको औचित्य स्थापना गर्ने प्रयत्न गर्नु ‘लिब्रेँडो–धर्म’ हो भन्न मिल्छ ।
लिब्रेँडोहरू मुसाई र गैरहिन्दू अतिवादीहरूका सबैभन्दा हितकारी मित्र हुन्छन् । मुसाईहरूका कुकर्मका समाचार रोक्न नाइटोको बल लगाउँछन् तर यदि कुनै हिन्दूले सानो ‘गल्ती’ गर्यो भने त्यसका विरुद्ध लिब्रेँडो, मुसाई, कुसाई, घृणावादी सबैलाई एकत्र पारेर व्यक्तिको गल्तीलाई ‘हिन्दूइज्म’को रूप दिन्छन् । मुस्लिमहरूमा महिला र पुरुष बालबालिकालाई अनिवार्य गर्नु पर्ने ‘खतना’ अमानवीय हुँदैन तर हिन्दूहरूले न्वारन गर्दा बालबालिकालाई सूर्यदर्शन गराउनु हदैसम्म ‘बालबालिका विरुद्धको हिंसा“ हुन्छ । अनि, सबैभन्दा अचम्म लाग्दो तत्थ्य के हो भने लिब्रेँडोहरू सधैं ‘मुसाईहरू धर्मनिरपेक्ष, उदार तथा मानवतवादी’ हुन्छन् र हिन्दुहरू अमानवीय हुन्छन् भन्ने भाष्यनिर्माण गर्न मन पराउँछन् ।
नेपालमा थुप्रै लिब्रेँडो छन्ः मासुभातवादी, रक्सीवादी, डलरवादी, घृणावादी, अराजकतावादी र सुखवादी । साच्चिकै निरपेक्ष, निश्वार्थ तथा पूर्वाग्रहरहित भएर एवं आवाज नभएकाहरूको आवाज बनेर देश, समाज र व्यक्तिको कल्याणका खातिर काम गरिरहेका लिब्रेँडोहरूलाई हार्दिक नमन छ तर यस बाहेक केवल आफ्नो निजीस्वार्थका लागि लिब्रेँडोको खोल ओढेका पूर्वाग्रही लिब्रेँडोहरूप्रति सबै सावधान बनौं । यदि देश वर्वादीमा जान्छ भने स्वार्थी लिब्रेँडोहरूका कारण जान्छ । विवेकहीन भएर होइन विवेकयुक्त भएर मनन गर्यौं भने निस्वार्थ लिब्रेँडो र स्वार्थी लिब्रेँडोलाई सजिलै चिन्न सकिन्छ । स्वस्त्यस्तु !!

प्रतिक्रिया