काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भारतीय न्यूज च्यानलको प्रसारण स्वतस्फूर्त रोकेकोमा नेपालका डिजिटल सेवा प्रदायकलाई धन्यवाद दिएको छ । शुक्रबार मन्त्रालयले विज्ञप्ति जारी गरी स्वतस्फूर्त प्रधानमन्त्रीलाई लान्छना लगाउने भारतीय न्यूज च्यानलको प्रसारण रोकेकोमा धन्यवाद दिएको हो ।
केही भारतीय टेलिभिजनले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको नाम जोडेर समाचार दिएका थिए । उक्त आधारहीन समाचारलाई लिएर भारतीय टेलिभिजन बन्द गर्नुपर्ने माग उठिरहेका बेला कतिपय केवल टेलिभिजन सेवा प्रदायकले भारतीय टेलिभिजनको प्रसारण बन्द गरेका थिए ।


प्रतिक्रिया