हमासले इजरायली बन्धक रिहा गर्ने


बीबीसी । प्यालेस्टिनी विद्रोही समूह हमास इजरायली बन्धक रिहा गर्न तयार भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–अमेरिकाबीच भएको गाजा शान्ति सहमति पालना गर्न दिएको समय सीमाको अन्तिम क्षणमा हमासले बाँकी बन्धक रिहा गर्न तयार रहेको जनाएको हो ।

तर हमासले इजरायल–अमेरिकाबीच भएको गाजा शान्ति सहमतीका केही बुँदामा संशोधन हुनुपर्ने बताएको बीबीसीले जनाएको छ । हमासले बन्धकको रिहा गर्ने घोषणा गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले गाजामा आक्रमण रोक्न इजरायललाई आग्रह गरेका छन् ।

यस्तै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा सहित मध्यपूर्वमा शान्तिका लागि अमेरिकी राष्ट्रपति ट्रम्पको योजनामा मिलेर काम गर्न तयार रहेको बताएका छन् ।