नेपाली सेनाको प्रवक्तामा पौडेल नियुक्त


काठमाडौँ । नेपाली सेनाको  प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल नियुक्त भएका छन् । पौडेल सैनिक मुख्यालयस्थित १५ बाहिनीपति हुन् ।

यसअघिका प्रवक्ता विज्ञानदेव पाण्डेलाई सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ ।