काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता बुझाउन २१ दिनको अल्टिमेटम दिएको छ ।
प्राधिकरणले आइतबार सूचना जारी गरी उद्योगलाई कात्तिक १७ भित्र डेडिकेटेड र ट्रंकलाइनको बक्यौता बुझाउन अल्टिमेटम दिएको हो । शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले ऊर्जामन्त्री कुलमान घिसिङको इच्छाअनुसार डेडिकेटेड र ट्रंकलाइन बक्यौता उठाउने निर्णय गरेको थियो ।
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा ४९ उद्योगीको ८ अर्ब २६ करोड बक्यौता उठाउन खोज्दा घिसिङलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन ऊर्जामन्त्री दीपक खड्काले पदबाटै बर्खास्त गरेका थिए ।
जेन–जी आन्दोलनको जगमा बनेको नागरिक सरकारमा ऊर्जामन्त्री बनेपछि घिसिङले आफ्नो पुरानो कामलाई अघि बढाएका हुन्।


प्रतिक्रिया