काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले मंगलबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै सिलवालले दुई वटा निर्णयमा हस्ताक्षर समेत गरेका छन् ।
निर्णयहरुमा १०औँ तहभन्दा माथिका कर्मचारी सरुवा सञ्चालक समितिमा लाने व्यवस्था संशोधन गर्दै कार्यकारी निर्देशकलाई नै अधिकार दिन प्रस्ताव गरिएको छ ।
त्यस्तै आर्थिक नियमावली अनुसार ठूलो पुँजीका आयोजना र कामहरूको प्रतिस्पर्धापछि नापजाँच गर्नको लागि समिति बनेको छ ।
पदभारको क्रममा सिलवालले दशैँ र तिहारको नजिक रहेको भन्दै विद्युतलाई नियमित आपूर्ति गर्न र डेडिकेटेड र ट्रंक लाइनको वक्यौता उठाउने निर्देशन कार्यान्वयन गर्ने बताए ।
उनले भने, ‘दशैँ र तिहारको संघारमा छौं । यो बेला कसरी हुन्छ विद्युतलाई नियमित आपूर्ति गर्ने भन्ने पहिलो प्राथमिकता हो त्यसमा काम गर्छौ । योसँगै नवनियुक्त मन्त्रीज्यूले डेडिकेटेड र ट्रंक लाइनको पैसा उठाउन निर्देशन दिनुभएको छ । त्यो निर्देशनलाई कार्यान्वयन गर्नतिर हामी जान्छौ ।’
सिलवालले सेवा प्रवाहलाई चुस्त दुरुस्त र गती बढाउन पर्ने धारणा समेत राखे ।

प्रतिक्रिया