शेयर बजारमा ५८ अंकको वृद्धि


काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से उच्च अंकले बढेको छ । मंगलबार नेप्से ५८ दशमलव ६३ अङ्कले बढेर २ हजार ६ सय ८२ दशमलव २५ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, माइक्रोफाइनान्स, अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज ८ वटा कम्पनीका शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन प्रभु स्मार्ट फन्डको शेयर भने ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । आज ३२८ वटा कम्पनीको १ करोड १३ लाख कित्ता शेयर ५ अर्ब २९ करोड रुपैयाँमा किनबेच भएको छ ।