काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपालाई लक्षित गर्दै दुई तिहाई बहुमतको सरकार कमरेडहरूलाई नपचेजस्तो छ भन्ने टिप्पणी गरेका छन् । नेकपामा प्रधानमन्त्री र अध्यक्ष पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने दवावपछि विकसित राजनीतिक घटनाक्रम र संसद अधिवेशन अन्त्य भएका बेला भट्टराईले ट्वीटमार्फत यस्तो टिप्पणी गरेका हुन्।
भट्टराईले लेखेका छन्, ‘कुनैकुनै प्रणीलाई घीउ पच्दैन रे! हाम्रा कमरेडहरूलाई पनि दुइतिहाई करिब बहुमतको सरकार नपचेको जस्तो छ।त्यो अजीर्णताले संसद र लोकतन्त्रलाई नै हानी गर्ने हो कि भन्ने खतरा चैं बढी गम्भीर भो! सबै सजग रहौं र खबरदारी गरौं, यत्रो त्यागरबलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस् !’

प्रतिक्रिया