काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मध्यान्ह १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको हो । पार्टीमा राजीनामाको माग उठिरहेका बेला प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाएका हुन्। प्रधानमन्त्रीले दुई दिनयता मन्त्रीहरुसँग पार्टीको आन्तरिक विवादबारे छलफल र परामर्श गरिरहेका छन् ।

प्रतिक्रिया