काठमाडौँ । संघीय निजामती विधेयक संसदको राज्यव्यवस्था समितिबाट पारित भएको छ । । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र सत्तारुढ नेकपाका सांसदहरूको असहमतिका बाबजुद विधेयक पारित भएको राज्यव्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठले घोषणा गरेकी हुन् ।
सभापति श्रेष्ठले असहमत सांसदहरूलाई फरक मत लेख्न आग्रह गरेकी छन् । मन्त्री त्रिपाठीले कर्मचारी समायोजनको व्यवस्था, अवकाशको व्यवस्था, ट्रेड युनियनसम्बन्धि व्यवस्था, समावेशिता र प्रदेश मन्त्रालयका सचिवबारे विधेयकको प्रतिवेदनमा गरिएका व्यवस्थामा आफ्नो असहमति रहेको बताए ।
मन्त्री त्रिपाठीले समायोजनामा पठाइएका कर्मचारीलाई फेरि संघीय निजामती सेवामा तान्नुपर्ने लगायतका अडान राखेका छन् । त्यस्तै, आरक्षण र समावेशितामा ४९ प्रतिशत आरक्षण गर्ने व्यवस्थाको विरोध गरेका छन् भने खस आर्यलाई समावेशितामा राख्ने विषयमा असहमति राखेका छन् ।

प्रतिक्रिया