नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आगामी मंसिर १ देखि


काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको दोस्रो संस्करण आउँदो मङ्सिर १ गतेदेखि शुरू हुने भएको छ । क्यानले बिहीबार विज्ञप्ति जारी गरी एनपीएलको दोस्रो संस्करण मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ ।

एनपीएलका लागि खेलाडीको मिनी अक्शन सम्पन्न भइसकेको छ । प्रतियोगिताको विस्तृत तालिका पछि सार्वजनिक हुनेछ । पहिलो संस्करणको एनपीएलको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।

एनपीएलमा जनकपुरसहित, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, काठमाण्डौ गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी ८ वटा टोलीको सहभागिता छ ।