काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसका सुक्खाग्रस्त क्षेत्रको अवलोकन गरेका छन् । प्रधानमन्त्रीले शुक्रबार मधेस प्रदेशका महोत्तरी र बारा जिल्ला जाने क्रममा आकाशबाट सुक्खाग्रस्त क्षेत्रको अवलोकन गरेका हुन् ।
तराई मधेसमा लागेको सुक्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन । साउन ७ गतेको मन्त्रिपरिाषद बैठकले तीन महिनाका लागि मधेस प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
प्रधानमन्त्रीको महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुलको उद्घाटन, वडा नं ६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
महोत्तरीमै जनकपुर–कुुर्था–सम्सी सडकखण्ड रौजास्थित रातुखोला पुल उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसैगरी बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।








प्रतिक्रिया