काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी, पूर्वपदाधिकारी र सरकारका मन्त्रीसहितको बैठक बोलाएका छन् ।
सभापति देउवाले बूढानीलकण्ठस्थित निवासमा शुक्रबार बिहान ९ बजे बैठक बस्ने गरी बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
बैठकमा विभिन्न प्रदेशका नेता तथा प्रचार विभाग प्रमुखलगायतलाईसमेत बोलाइएको छ । संसदमा रहेका विभिन्न विधेयक, सरकारका कामकारबाही, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्न सभापति देउवाले बैठक बोलाएका छन् ।

प्रतिक्रिया