काठमाडौं । सुर्खेतका दुई किशोरी भक्तपुरमा मृत फेला परेका छन् । भक्तपुरको बोडे सिन्टिटारमा डेरामा बस्दै आएका १७ वर्षीया मेनुका कँडेल र उनकी बहिनी १५ वर्षीया श्रृजना कँडेल बिहीबार बिहान मृत फेला परेका प्रहरीले जनाएको छ ।
उनीहरु एउटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेका जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया