काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले चर्चेको जग्गा फिर्ताका लागि स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेका छन् ।
बुधबार मेयर साम्पाङले नगर अस्पताल निर्माणका लागि जग्गा फिर्ता माग्दै पत्र लेखेका हुन् । पत्रमा भनिएको छ, ‘उपर्युक्त सम्बन्धमा धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ । छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुनचाहिँ कुलङ्घारले दलालीमा भुलेर बीपी अस्पताललाई दिइ पठाएछ थाहा भएन यसरी नगरपालिकाको जग्गा लान पाइँदैन । प्लिज फिर्ता गरिदिनु होला । धन्यवाद ।’


प्रतिक्रिया