काठमाडौं । सरकारले मधेस प्रदेशलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले आकस्मिक बैठकले मधेस प्रदेशका आठ जिल्लालाई तीन महिनाका लागि विपद संकटग्रस्त घोषणा गरेको हो ।
समयमा वर्षा नहुँदा धान रोपाइँमा समस्या उत्पन्न भएको र रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको अवस्थालाई दृष्टिगत गर्दै सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । अहिले मधेस प्रदेश खडेरी र सुक्खाको मारमा परेको छ । जसका कारण खानेपानी र सिंचाइ प्रणालीमा समेत प्रभाव परेको छ ।

प्रतिक्रिया