विद्यालाई रोक्ने निर्णयप्रति एमालेका तीन नेताको असहमति


काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउन नहुने निर्णय गरेकोमा तीन नेताले असहमति जनाएका छन् ।

उक्त निर्णयमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले असहमति जनाएका हुन् । केन्द्रीय कमिटी बैठकले राष्ट्रपति एकताको प्रतिक भएकोले दलको कार्यकर्ता हुन आउन नहुने निष्कर्ष निकालेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

पूर्वराष्ट्रपति राजनीतिमा सक्रिय हुने निर्णयले गलत नजिर बस्ने पनि एमालेले निष्कर्ष निकालेको छ ।