काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा सहसचिव प्रदीप परियारलाई विशेष अदालतले २५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा बुधबार विशेषका न्यायाधीशहरु तेजनारायणसिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले उनलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । परियारसँग उक्त रकम बराबरको धरौटी मागेको हो ।
उनीसँगै काठमाडौं महानगरपालिकाका कर्मचारी वसन्त आचार्य र नमराज ढकालसँग अदालतले जनही ५०–५० हजार रुपैयाँ धरौटी मागेको छ । काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोर अन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले २८ जेठमा ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया