मोटरसाइकल र स्कुटर ठोक्किँदा झापामा दुईजनाको मृत्यु, दुई घाइते


झापा । झापाको बाह्रदशी गाउँपालिका–१ खैरबारीस्थित भित्री सडकखण्डमा बुधबार अपराह्न भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने दुई जना गम्भीर घाइते भएका छन् ।

राजगढबाट कुटीतर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१६ प ९२७० नम्बरको स्कुटर एक आपसमा ठोक्किएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

दुर्घटनामा स्कुटर चालक र मोटरसाइकल चालक गम्भीर घाइते भइ उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याइएको थियो । उनीहरुको अस्पतालमै मृत्यु भएको जनाइएको छ ।

गम्भीर घाइते भएका स्कुटरमा सवार एक महिला र करिब सात वर्षीय बालकको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुने र गम्भीर घाइते चारैजनाको पहिचान नखुलेको प्रनाउ खड्काले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।