बनेपा–नाला सडक पुनः अबरुद्ध


काभ्रे । ह्युमपाइप राखेर आइतबारदेखि सञ्चालनमा आएको बनेपा–नाला–ताथली सडक पुनः अबरुद्ध भएको छ । अरनिको राजमार्गको बैकल्पिक मार्गको रुपमा प्रयोग गर्दा शुक्रबार भाँसिएको पुलमा अस्थाई ह्युमपाईप राखेर सञ्चालन गरिएको थियो ।

आइतबार साँझ आएको बाढीले बगाएपछि पुनः सडक अवरुद्ध भएको हो । नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक राजधानी काठमाडौँको पूर्वीनाका आवतजावत गर्ने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो ।

उक्त पुल २०३७ सालमा निर्माण भएको जनाइएको छ । हाल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकबाट काभ्रेपलाञ्चोक धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि राजमार्गमा गुड्ने अधिकांश सवारी नाला–च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आइरहेका हुन् ।