केन्द्रीय समिति बैठकमा मोहन बस्नेतले भने-अख्तियारले मेराविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गर्नुमा गगन थापाको हात छ


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आफूविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गर्नुमा महामन्त्री गगन थापाको हात रहेको आरोप लगाएका छन् ।

बुधबार पार्टी केन्द्रीय समिति बैठकमा नेता बस्नेतले यस्तो बताएका हुन् । उनले प्रतिशोधको राजनीतिले कसैलाई पनि नछाड्ने बताए । बस्नेतले महामन्त्री थापा आफूलाई मात्र नभई बालकृष्ण खाँणलाई पनि समानुपर्छ भनेर अख्तियारमा लागेको आरोप लगाए ।

बस्नेतको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘महामन्त्री गगन थापा टेरामक्स प्रकरणमा मविरुद्ध खुलेरै लाग्नुभयो । तपाईंकै कारणले मेराविरुद्ध अख्तियारले छानबिन गर्यो । मलाई मात्रै होइन सबैलाई समाउनुहोस् । महामन्त्रीजीका बारेमा मसँग ठूलो फाइल छ, अहिले म धेरै भन्न चाहन्न ।’

त्यस्तै बैठकमा नेता बस्नेतले गभर्नर लिएर आफूमाथि भ्रष्टाचार मुद्दा दर्ता गरिएकोसमेत बताएका थिए।