काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेदिचेमा मंगलबार बिहान दुई हेलिकोप्टर आपसमा ठोक्किएर दुर्घटना भएका छन् ।
सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा फिस्टेल र डायनेस्टी एयरका दुई हेलिकोप्टर ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको र एक जना घाइते भएको जानकारी दिए । घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलतर्फ परिचालन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रतिक्रिया