रास्वपा सांसद न्यौपाने भन्छन्-सही व्यक्ति छनौट नहुनु भनेको छान्ने व्यक्ति स्वयं नजान्ने साबित हुनु हो


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले सही व्यक्ति छनोट गर्नु सबैभन्दा कठिन काम भएको बताएका छन्।

सामाजिक संजालमार्फत न्यौपानेले ‘जान्नेलाई छान्ने’ कामले नै वास्तविक ज्ञान र क्षमता पहिचान गर्ने उल्लेख गरेका हुन् ।
न्यौपानेले सही व्यक्ति छनोट हुन नसक्नुले छनोट गर्ने व्यक्तिकै क्षमता र बुझाइमा प्रश्न उठ्ने बताएका छन्।

उनले नेपाली पुर्खाको उखान ‘जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिँड’ भएको उल्लेख गर्दै अहिले सही व्यक्ति छनोट गरेर परिणाम देखाउनुपर्ने समय आएको बताएका छन्।

उनले भनेका छन्, ‘जान्नेलाई छान्ने’ संसारको सबैभन्दा गार्हो काम हो, किनकी यसैले साँचो ज्ञान र क्षमता पहिचान गर्छ, सही व्यक्ति छनौट नहुनु भनेको छान्ने व्यक्ति स्वयं नजान्ने साबित हुनु हो। ‘जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिँड’– नेपाली पुर्खाले बनाएको उखानजस्तै सही व्यक्ति छानेर नतिजा दिनु पर्ने बेला हो यो ।’