काठमाडौं । इरानले कतारको दोहास्थित अमेरिकी सुरक्षा बेसमा आक्रमण गरेपछि सोमबार राति रद्द भएको दोहाको उडान आज मध्याह्न १२ बजे हुने भएको छ ।
नेपाल वायु सेवा निगमले सूचना जारी गरी काठमाडौं दोहा काठमाडौंको रद्द भएको उडान आज मध्यान्ह १२ बजे हुने जानकारी दिएको हो । निगमले यात्रुहरूलाई समयमै विमानस्थलमा उपस्थित हुनसमेत अनुरोध गरेको छ ।
निगमले भनेको छ, ‘युद्धबाट हुनसक्ने सुरक्षा चुनौतीलाई देखाई कतारले गरेको एफआईआर बन्दका कारण हिजो जुन २३ गतेको आरए २३९/२४० काठमाडौं दोहा काठमाडौं उडान रद्द भएको थियो । उक्त उडान आज मध्यान्ह १२ः०० बजे सञ्चालन हुने भएको छ । यात्रुहरूलाई समयमै विमानस्थलमा उपस्थित हुनुहुन अनुरोध छ । यसबाट यात्रुलाई पर्नगएको असुविधाप्रति निगम परिवार क्षमायाचना गर्दछ।’

प्रतिक्रिया