काठमाडौं । उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोट खेल्न जाने नेपाली राष्ट्रिय महिला टोलीलाई बिदाइ गरिएको छ ।
सोमबार काठमाडौंमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक कार्यक्रमको आयोजना गरी नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेको हो ।
बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान अञ्जिला तुम्बाप्पो सुब्वाले एसियन कप छनोटका लागि नेपाली टिमको तयारी निकै राम्रो भएको बताइन् । एसियन कप छनौट चरणमा नेपाल र आयोजक उज्वेकिस्तानसँगै समूह ‘एफ’मा लाओस र श्रीलंका पनि रहेका छन् ।
समूहको विजेताले अष्ट्रेलियामा हुने एसियन कप खेल्नेछन् । नेपालले लाओससँग असार १५, श्रीलंकासँग असार १८ र उज्वेकिस्तानसँग असार २१ गते खेल्नेछ । एसियन कप भने सन् २०२६ मार्चमा अष्ट्रेलियामा हुँदै छ ।

प्रतिक्रिया